तपाईँ सुन्दै हुनुहुन्छः

सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेलसहित छ जनाविरुद्ध १५ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छ जनाविरुद्ध १५ करोड ८८ लाखभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायक विरुद्ध मुद्दा दायर भएको बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय सूचना प्रविधि  केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डिष्ट्रिब्युसन नेपाल प्रा लि कान्तिपथ, काठमाडौँ र उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध मुद्दा दायरा भएको पौडेलले बताउनुभयो ।  

प्रतिवादीले नेपाल सरकारलाई आर्थिक हानि पुर्याउने बदनियत राख्दै गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरेको आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button