तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका २५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाई 

जनकपुरधाम । यस पटक असार बित्न लाग्दा हालसम्म पर्याप्त वर्षा नभएका कारणले मधेश प्रदेशका जिल्लाहरूमा २५ प्रतिशत मात्र धानको रोपाई भएको छ । 

मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको विवरण अनुसार हालसम्म मधेश प्रदेशमा धानको खेती हुने ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर जग्गा मध्ये ९३ हजार ४ सय ६८ दशमलव २ प्रतिशत खेतमा धानको रोपाई भएको हो । 

मधेश प्रदेशका जिल्लाहरूमा सबैभन्दा बढी रोपाई पर्सा जिल्लामा भएको छ । पर्सा जिल्लामा ३९ हजार ७ सय ३१ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म २४ हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा धानको रोपाई भएको छ । जून कूल धान खेती हुने क्षेत्रफलको ६१.९९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

यसैगरि सबैभन्दा कम रोपाई महोत्तरी जिल्लामा भएको छ । महोत्तरीमा जिल्लामा धान खेती हुने ४२ हजार ५ सय हेक्टर जग्गा मध्ये ४ हजार हेक्टर अर्थात् ९.४१ प्रतिशतमा धान रोपाई भएको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 

यसैगरि दोस्रो कम रोपाई सप्तरी जिल्लामा भएको छ । सप्तरी जिल्लामा धानको रोपाई १० प्रतिशत जग्गामा मात्र भएको छ । सप्तरीमा कूल कृषि योग्य जग्गा मध्ये ६८ हजार हेक्टरमा धान खेती हुने गरेकोमा हालसम्म ६ हजार ८ सय हेक्टरमा रोपाई भएको छ भने बाँकी जग्गामा पानीको अभावले धान रोपाई हुन सकेको छैन । 

यसैगरि सिरहा जिल्लामा धान खेती हुने ५४ हजार हेक्टर जग्गा मध्ये १३ हजार ५ सय हेक्टरमा धानको रोपाई भएको छ जून कूल क्षेत्रफलको २५ प्रतिशत रहेको मन्त्रालयका कृषि विकास अधिकृत अविनाश झाले जानकारी दिनुभयो । 

यसै गरि धनुषा जिल्लामा धान खेती हुने ४३ हजार ७ सय हेक्टर जग्गा मध्ये ७ हजार ४ सय २९ हेक्टरमा धान खेती भएको छ जून कूल धान खेती हुने क्षेत्रफलको १७ प्रतिशत रहेको छ । बारा जिल्लामा ४६ हजार २० हेक्टर जग्गामा धान खेती हुने गरेकोमा यस पटक धानको रोपाई १० हजार हेक्टरमा भएको छ जून कूल क्षेत्रफलको २१.७ प्रतिशत रहेको छ । 

रौतहट जिल्लामा २५ हजार हेक्टरमा धान खेती हुने गरेकोमा १४ हजार हेक्टर अर्थात् कूल धान हुने क्षेत्रको ४० प्रतिशतमा रोपाई भएको छ । सर्लाही जिल्लामा धान खेती हुने ४३ हजार ६ सय ९४ हेक्टर मध्ये १३ हजार १ सय ८ दशमलव २ हेक्टर अर्थात् ३० प्रतिशतमा धान खेती भएको छ । 

भूमिगत सिँचाइको प्रयोग गरेर धन रोपाई गरेपनि लामो समयसम्म  वर्षा नभएको कारणले खेतमा नै ध्वजा फाटेको छ । बोरिङ्गवाट रोपाई गर्दा पानी खेतमा नटिक्ने र धानको उत्पादन लागत बढ्ने खतरा पनि रहेको छ । उता खडेरीको अवस्थालाई ध्यानमा राखेर मधेश प्रदेश सरकारको मन्त्रीपरिषद्को हिजो बसेको बैठकले मधेशको ८ वटै जिल्लालाई सुख्खाग्रस्त जिल्लाको रुपमा घोषणा गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button