भोटेकोसीमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ मा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।
हिजो बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ मा पहिरोले सो सडक पूर्ण रुपमा बन्द भएको हो । सडक माथिबाट आएको पहिरोले सडक पुरेको छ भने तलबाट भोटेकोशी नदीले कटान गरेपछि सडक भासिएको हो ।
सडक पूर्ण रुपमा बन्द भएपछि तातोपानी नाका हुँदै आवत जावत गर्ने सवारी साधन बाटोमै अलपत्र परेका छन् ।
त्यस्तै यात्रुवाहक बस, साना–ठूला सवारीसाधन, एम्बुलेन्स बाटोमै रोकिदा बिरामी तथा यात्रुहरू मारमा परेका छन् ।
प्रतिक्रिया राख्नुहोस्