तपाईँ सुन्दै हुनुहुन्छः

एमालेका अधिकांश कमिटीका अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । 

स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिनुभयो । उहाँले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताउनुभयो । 

उहाँका अनुसार स्थानीय तहका १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ । यसैगरी एमालेका करिब छ हजार वडाका अधिवेशन सकिएका छन् । आयोगका अध्यक्ष डा. सुब्बाले अधिवेशन गर्न बाँकी ९८ कमिटीको विधान महाधिवेशनभन्दा पहिला नै सक्नेगरी काम अघि बढाएको जानकारी दिनुभयो । 

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म तोकिएको छ । पार्टीका २३ जनसङ्गठनमध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button