तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दीको विजयी सुरुआत

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु–१६ युथ लिगमा विजयी सुरुआत गरेको छ ।

मनाङले सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा श्री भगवती क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्यो ।

मनाङलाई जित दिलाउन रोहन थापामगर र विवेक मगरले गोल गरे । श्री भगवतीका लागि सरुन महतोले गोल फर्काए ।

खेलको ४०औँ मिनेटमा रोहनको गोलमार्फत मनाङले अग्रता लिएको थियो । ५८औँ मिनेटमा सरुनले श्री भगवतीलाई बराबरीमा ल्याए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा विवेकले पेनाल्टीमार्फत गोल गर्दै मनाङलाई २–१ को रोमाञ्चक जित दिलाए ।

योसँगै मनाङले तीन अङ्कका साथ लिगको सुरुवात गरेको छ। लिगमा १४ ए–डिभिजन क्लबहरूको सहभागिता रहेको छ।

लिग विजेता टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

नेपाल हक्की सङ्घको आयोजनामा पहिलो पटक राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हक्की प्रतियोगिता हुने भएको छ ।

शनिबार भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा हुने प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र नेपाल आर्मी क्लब गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । 

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

समूह ‘ए ’मा कोशी, बागमती र सुदूरपश्चिम तथा ‘बी’ मा आर्मी, गण्डकी र मधेश छन्  । फाइभ ‘ए’ साइडमा हक्की २० मिनेटको हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button