तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा धनुषाका धनौजी गाउँपालिकाका पूर्वपदाधिकारी विरुद्ध मुद्दा दाय

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना विरुद्ध मुद्दा दायर भएको छ । 

अख्तियारले गाउँपालिकाका तत्कालीन बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र र कन्स्ट्रक्सन प्रालिविरूद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/७८मा बजार नाला तथा फोहोरमैला व्यवस्थापन शीर्षकबाट बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रुपमा एउटै निर्माण व्यवसायीबाट तीनवटा निर्माण व्यवसायीको नामले टेन्डर गरेको, कमिसन लिएर बिना प्रतिस्पर्धा एकता सप्लायर्ससँग मिलेमतोमा पटक–पटक म्याद थप्दै गुणस्तरहीन बजार सेड निर्माण गरेकोको आयोगले जिकिर गरेको छ ।

गाउँपालिकाले सेड निर्माणको काम भन्दा बढी नापी किताब तयार गरी ३१ करोड ३४ लाख ७७८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोपमा उल्लेख  छ । अख्तियारले उनीहरूसँग ३१ करोड ३४ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button