तपाईँ सुन्दै हुनुहुन्छः

हवाई सेवा नियम र सञ्चालन गर्न छुट्टाछुट्टै निकाय चाहिनेमा सांसदहरूको जोड

काठमाडौँ I प्रतिनिधिसभाका सांसदहरुले नेपालको हवाई सेवालाई व्यवस्थित र सुरक्षित बनाउन सञ्चालन र नियमन गर्ने दुई अलग अलग निकाय हुनुपर्नेमा जोड दिनुभएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा सांसदहरु भिमप्रसाद आचार्य, सुदन किराती, प्रभु शाह, हितबहादुर तामाङ, शिशिर खनाललगायतले हवाई सेवाको सुरक्षामा ध्यान नदिई विमानस्थलहरू बनाउनेतर्फ मात्रै सरकारले बढी ध्यान दिँदा  दुर्घटना बढेकाले छुट्टै नियमक निकायलाई हवाई सुरक्षाको जिम्मा दिने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

सरकारले प्रस्तुत गरेको हवाई सेवा विधेयक र नागरिक उड्डयन प्राधिकरण सम्बन्धि विधेयकमा विज्ञहरुले  दुईवटा विधेयक आवश्यक नहुने सुझाव दिएपछि सांसदहरुले हवाई सेवालाई नियमन गर्न शक्तिशाली र स्वतन्त्र निकाय आवश्यक हुनाले हवाई सेवा विधेयकसमेत महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री पाण्डेले सरोकारवालासँगको लामो छलफलपछि सरकारले अलग अलग विधेयक ल्याएको बताउनुभयो । 

मन्त्री पाण्डेले हवाई सेवासँग सम्बन्धित दुई विधेयक पारित भएपछि नेपालको हवाई सेवाको सुरक्षा सुनिश्चित हुने बताउनुभयो । 

समितिका सभापति राजकिशोर यादवले हवाई सेवालाई प्रभावकारी र सुरक्षित बनाउनका लागि ल्याइएको विधेयक फास्ट्रयाकबाट वा निरन्तर छलफल गरेर जतिसक्दो चाँडो सक्काउने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button