तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

काँक्रेविहार (सुर्खेत) I कर्णाली राजमार्गअन्तर्र्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भन्नुभयो, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button