कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : नेताहरूले बोल्ने क्रम जारी
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो देखी जारी बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कण्डेल, डा. डिला संग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, उदयशम्शेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरु बराल, उर्मिला नेपाल के.सी., सीताकुमारी राना, राधा घले, सितादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आ–आफ्नो धारणा राख्नु भएको नेपाली काँग्रेसले जनाएको छ ।
बैठक भोली असार १८ गते बुधबार दिउँसो १२ बजेर ३० मिनेटमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्