पदक विजेता खेलाडीहरूलाई कार्यवाहक प्रधानमन्त्री सिंहको बधाई
काठमाडौँ । भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सोमबार बधाई दिनुभएको छ ।
सहरी विकास मन्त्रालयमा भएको भेटमा कार्यवाहक प्रधानमन्त्री सिंहले अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम राख्न सफल भएको भन्दै खेलाडीको प्रशंसा गर्नुभयो ।
भुटानको थिम्पुमा जेठ २८ देखि असार १ गते सम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत पदक जितेको थियो । महिला एथलेटिक्स फिजिक्स समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक र शिला ठकुरीले रजत पदक जितेकी थिइन् ।
पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले र स्पोट्र्स फिजिक्स १७५ मुनिको समूहमा अवतार श्रेष्ठले रजत पदक जितका थिए । स्पोट्र्स फिजिक्स १७५ माथिको समूहमा प्रतिस्पर्धामा प्रनिश श्रेष्ठले पाँचौँ भएका थिए ।
प्रतिक्रिया राख्नुहोस्