राष्ट्रियसभा बैठक: बिनियोजन विधेयक २०८२-विभिन्न मन्त्रालयको बिनियोजन शीर्षकमाथि समूहकृत छलफल
काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकमा बिनियोजन विधेयक २०८२ माथि विभिन्न मन्त्रालयको बिनियोजन शीर्षकमाथि समूहकृत रुपमा छलफल भएको छ ।
बैठकमा नेकपा एमालेका सांसद तुलसाकुमारी दाहालले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्य क्षेत्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायतका वृहत् क्षेत्र भएकाले सरकारले आर्थिक वर्ष २०८३/०८३ का लागि बिनियोजन रकम कम भएको बताउनुभयो ।
सरकारले निरोगी नेपाल बनाउने अभियानमा रकम विनियोजन नगरेको, जनसङ्ख्याको आधारमा बजेट विनियोजनमा सरकारको ध्यान जान नसकेको बताउनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आले मगरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका पाल्पा, दाङ, सुनसरीमा पेट्रोलियम पदार्थको सम्भावना अध्ययन गर्न छुट्टाएको बजेट कम भएको बताउनुभयो ।
यस अधि बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयलगायत १४ वटा मन्त्रालयको बिनियोजन शीर्षमा छलफल हुने कार्यसूची रहेको छ ।
बैठकमा सांसदहरुले बिनियोजन विधेयकमाथि धारणा राख्नेक्रम जारी छ ।
प्रतिक्रिया राख्नुहोस्