नेपाल यु–१९ ब्वाइज टिम इभेन्टको प्रिक्वाटरफाइनलमा प्रवेश
काठमाडौँ । नेपाल २९ औँ एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टको प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
उज्बेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरेबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुगेको हो । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रि क्वाटर फाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् ।
नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र धनञ्जय दाहाल सहभागी छन् । नेपालको समूहमा भारत र साउदी अरेबिया छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो । प्रि क्वाटर फाइनलमा नेपालले मलसेयाको सामना गर्ने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ट्वान्टी २० अन्तर्राष्ट्रियको नियममा केही परिवर्तन गरेको छ । आइसिसीको नयाँ नियम जुलाई २ देखि लागु हुनेछ ।
यदि ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल वर्षा वा अन्य कारणले प्रभावित भएर ओभर छोट्टाएर खेलाएको खण्डमा पावर प्लेको ओभर पनि घटाइने भएको छ । यस्तो स्थितिमा दुई जना फिल्डर ३० गजको घेराभन्दा बाहिर बस्न पाउने छन् ।
प्रतिक्रिया राख्नुहोस्