तपाईँ सुन्दै हुनुहुन्छः

आज साँझ ६ बजेपछि एसइईको नतिजा सार्वजनिक हुने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ । 

यतिखेर नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ  । 

एसईई परीक्षा बोर्डका  परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराइले आजै साँझ ६ बजेपछि  नतिजा प्रकाशन गरिने रेडियो नेपाललाई जानकारी दिनुभयाे । 

यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । 

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी  छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button