तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकसम्बन्धी प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ माथिको सामान्य छलफल सकिएको छ । 

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राख्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भयो । 

राष्ट्रिय सभाको आगामी बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गतको मन्त्रालयगत विनियोजन शीर्षकहरू माथिको छलफल सुरु हुनेछ । 

विनियोजन विधेयक २०८२ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूका प्रश्नको जवाफ दिनुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सन्तुलित र कार्यान्वयन योग्य रहेको बताउनुभयो । 

अर्थमन्त्री पौडेलले बजेटको आकार निर्माण गर्दा स्रोत व्यवस्थापनलाई व्यवहारिक रुपमा संयमित र सन्तुलित बनाइएको र बजेट निर्माणमा अनुशासन पालना गरिएको बताउनुभयो । 

उपप्रधानमन्त्री पौडेलले बजेट कार्यान्वयन सबै मन्त्रालयहरुको साझा जिम्मेवारी भएकोले सबैले जिम्मेवारीपूर्वक लैजानुपर्नेमा जोड दिनुभयो ।

यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले लोकप्रिय नाराहरू छोडेर आवश्यकतामा आधारित बजेट ल्याइएको देखिएपनि रकम विनियोजनका क्रममा देशका सबै भू–भाग र क्षेत्रलाई समान रुपमा समेट्न नसकेको धारणा राख्नुभएको थियो । 

राष्ट्रिय सभाको अर्को बैठक यही असार १५ गते आइतबार अपराह्न १२ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button