तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

काठमाडौँ । सर्वोच्च अदालतबाट न्यायिक निकायहरूको नियमित निरीक्षणको सिलसिलामा सैनिक विशेष अदालतको निरीक्षण भ्रमण सम्पन्न भएको छ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा भएको निरीक्षणको क्रममा जङ्गी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी हासिल गरी प्रधानन्यायाधीशले सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरूलाई विशेष निर्देशन समेत दिनु भएको छ । निरीक्षण भ्रमण टोलीलाई जङ्गी अड्डामा प्रधानसेनापति अशोक राज सिग्देलले स्वागत गर्नु भएको थियो ।

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायधीश लाल बहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्टार बिमल पौडेल लगायतका पदाधिकारीहरू, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button