नाबालिकालाई सामूहिक रुपमा जबरजस्तीकरणी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ । नाबालिकालाई सामूहिक रुपमा जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
गत जेठ २८ गते आफन्तको घरबाट घर फर्किँदै गरेकी १४ वर्षीया नाबालिकालाई साँझको समयमा सामूहिक रुपमा जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
जबजस्तीकरणी गरेको आरोपमा पक्राउ पर्नेहरूमा जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ८ का ३० वर्षका याम प्रसाद श्रीस, सोही ठाउँका २५ वर्षका गुणबहादुर श्रीस र ३५ वर्षका झमु श्रीस रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
नाबालिकालाई जबरजस्तीकरणी गरी लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई बडिगाडबाटै पक्राउ गरेको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट, पीडितको बयान, जोहरी दरखास्तलगायतका प्रमाणहरूको आधारमा बागलुङ जिल्ला अदालतबाट जबरजस्तीकरण सम्बन्धी मुद्दामा पाँच दिनको म्याद गरी अनुसन्धान गरिरहेको सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्