तपाईँ सुन्दै हुनुहुन्छः

प्रकृतिमा आधारित समाधान विषयक कार्यशाला गोष्ठी नरैनापुरमा सम्पन्न

बाँके । प्राकृतिक विपद्को उच्च जोखिममा रहेको नरैनापुर गाउँपालिकामा रेन परियोजनाले काम गर्ने सुरु गरेको छ । रेन परियोजनाले नेपालगंजमा आयोजना गरेको कार्यशाला गोष्ठीमा बोल्नेहरूले प्रकृतिको सहायताबाट मानिसका समस्या समाधान गर्न प्रकृतिमा आधारित समाधान आवश्यक भएको सरोकारवालाले बताएका छन् । 

उत्थानशील, अनुकूलन र समावेशी नेपाल परियोजना (रेन)ले आज बिहीबार नरैनापुरका लागि नेपालगञ्जमा आयोजना गरेको प्रकृतिमा आधारित समाधान विषयक कार्यशाला गोष्ठीमा बोल्ने अधिकांश बक्ताले प्रकृति सँगै मानिस अगाडी बढ्नुपर्ने र प्रकृतिको संरक्षण संवर्द्धनमा ख्याल गर्नुपर्ने बताउनु भएको थियो ।

नरैनापुर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको सहभागितामा भएको डिजाइन कार्यशाला गोष्ठीमा पिपुल इन निडकि पूर्व सूचना प्रणालीका संयोजक समिता पौडेलले रेन परियोजनाको बारेमा जानकारी दिँदै भन्नुभयो, प्राकृतिक व्यवहार र जीवनशैली छाडेर देखावटी आधुनिक विकास अपनाउँदा अहिले विश्वमा विभिन्न समस्याहरू देखिएको बताउनुभयो । अहिले सुख्खा बढेको, जलवायु परिवर्तनको असर बढ्दै गएकोले यसलाई रोक्न प्रकृतिमा आधारित समाधानका कामलाई अगाडी बढाउनुपर्ने जोड दिनु भयो । 

लिबर्डक रेबिका गुरुङले बोटबिरुवा रोप्ने, तालतलैया बढाउने, माटो संरक्षण गर्ने, सिँचाइ प्रणालीमा सुधार गर्ने ,जलस्रोत संरक्षण गर्ने हो भने जलवायु न्यूनीकरण गर्न सकिने उल्लेख गर्नु भयो । 

नरैनापुर गाउँपालिकामा प्रकृतिमा आधारित समाधानका अभ्यासका बारेमा शव(इन्जिनियर धिरज भण्डारीले जानकारी गराउनुभएको थियो । जनावरको अतिक्रमण रोक्न विशेष गरी घाँसे मैदान व्यवस्थापन , कुवा, ताल तलैयाको व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले विकास र प्रकृति संरक्षण एकै सिक्काका दुई पाटा भएकाले यसलाई सोही अनुसार प्रकृतिमैत्री भएर अगाडी बढ्नु पर्ने बताउनुभयो । हाम्रो कतिपय ठाउँमा विविधता छ, भौगोलिक हिसाबले पनि विविधता रहेको छ। हाम्रो बसाइमा नै विविधता छ।  प्राकृतिक रुपमा आधारित भएर बिपदसँग सामना गर्न खोज्यौ भने त्यो दिगो व्यवस्थापन हुने उपाध्यक्ष श्रीवास्तवले बताउनुभयो ।

गोष्ठीमा लिबर्टका टिम लिडर बुद्ध बिकले जलवायु परिवर्तन र अनुकूलनका बारेमा प्रस्तुति गर्दै भन्नुभयो, प्रकृतिमा आधारित समाधानहरूले जैविक विविधता संरक्षणको उचित कदर गर्नेदेखि पानीको बहाव घटाई बाढीको जोखिम कम गर्ने तथा आम्दानीमा वृद्धिसँगै मानव स्वास्थ्य र वातावरणमा लाभदायक प्रभाव पर्ने जिकिर गर्नु भयो ।

पिपुल इन निडले नरैनापुरमा समुदायमा आधारित सुरक्षित आश्रय स्थलको पहिचान निर्माणका लागि पहल गर्ने लिबर्डका संयोजक सञ्जीव श्रेष्ठले बताउनु भयो । 

नरैनापुर गाउँपालिकाका बिपत शाखा प्रमुख भरत महतोले गोष्ठीबाट प्रकृतिमा आधारित समाधानका उपायहरूका बारेमा जान्ने अवसर मिलेको बताउँदै आफूहरूले विगत देखि गर्दै आएको प्रयासहरूको पुर्नताजगी गर्ने अवसर मिलेको र थप के गर्न सकिन्छ भन्ने सिकाई भएको बताउनु भयो । साथै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले प्राथमिकिकरण भएका उपायहरूलाई सरकारको योजना तर्जुमा प्रक्रियामा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले रेन प्रयोजन सँग सहकार्य गरेर अगाडि बढ्ने जिकिर गर्नुभयो । 

प्रकृतिमा आधारित समाधानका लागि पालिका स्तरीय को डिजाइन कार्यशाला गोष्ठीले प्राथमिकिकरण गरिएको सुची पालिकाको वडा स्तरमा लागु गर्ने जनप्रतिनिधिहरूले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष इसाक जोलाह, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, वडा नं ५ का कृष्ण मौर्य, ६ का वडा अध्यक्ष प्रेम मौर्य, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक गणेशराज उप्रेती, सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारी लगायतको सहभागिता रहेको थियो । 

रेन प्रयोजनले सिएसआरसी, प्रेरणा, लिर्बर, युथ इनोभेसन ल्याबको सहकार्यमा नरैनापुरमा सुरु हुने लागेको परियोजनामा डिसिएले सह नेतृत्वको भूमिका खेल्ने  पिपुल इन निडका संयोजक पौडेलले बताउनु भएको थियो । परियोजनाले लुम्बिनीको बाँकेको नरैनापुर सहित ३ पालिका, दाङको १ पालिका, कपिलवस्तुमा ५ वटा पालिकामा सुरु गरेको छ भने मधेसी प्रदेशको ५ जिल्लामा उत्थानशील, अनुकूलन र समावेशी नेपाल परियोजना (रेन) लागु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button