साफ यु–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ । यही जुलाई ११ देखि २२ सम्म बङ्गलादेशमा हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय टोली सार्वजनिक गरेको हो । दोस्रो चरणको बन्द प्रशिक्षणबाट ७ खेलाडीलाई बाहिर राख्दै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले अन्तिम टोली तयार पारेका हुन् ।
पहिलो पटक उपाधि चुम्ने लक्ष्यमा रहेको नेपालले जुलाई ११ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले जुलाई १३ मा घरेलु टोली बङ्गलादेश तथा जुलाई १५ र १७ मा श्रीलङ्काको सामना गर्नेछ । यस्तै नेपालले जुलाई १९ मा भुटान र २१ मा बङ्गलादेशसँग फेरि खेल्ने तालिका छ । सहभागिता चार टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपाली टोलीको सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ र किरण कुमार कार्की छन् । त्यस्तै गोलकिपर प्रशिक्षकको जिम्मेवारीमा मिन बहादुर बस्नेत र टिम म्यानेजरमा इन्दु दुवाल छिन् ।
प्रतिक्रिया राख्नुहोस्