मेची भन्सारद्वारा ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
भद्रपुर, झापा । देशको पूर्वी नाकामा रहेको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा रु. १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आ.व.को जेठसम्ममा पेट्रोलियम पदार्थ रु. आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार सङ्कलन भएको छ । यसैगरी तरकारी आयातबाट रु ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन र तिनका पाटपूर्जा आयातबाट रु ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट रु २७ करोड ५१ लाख ९१ हजार, कफीबाट रु २१ करोड ५४ लाख ७० हजार र दलहनबाट रु २० करोड ७७ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ ।
राजश्व विभागले मेची भन्सारलाई ११ महिनामा रु १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । भन्सारले लक्ष्यको ९१.५६ प्रतिशत रहेको हुमागाईँले जानकारी दिनुभयो ।
मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार बराबरको वस्तु निर्यात हुँदा रु २३ करोड ७५ लाख १९ हजार राजस्व सङ्कलन भएको छ
प्रतिक्रिया राख्नुहोस्