तपाईँ सुन्दै हुनुहुन्छः

जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुग्यो (अपडेट)

बागलुङ । बागलुङको ढोरपाटनमा गत शुक्रवार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । 

दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका वडा नं. २ की २३ वर्षीय इन्द्रा कुँवरको उपचारको क्रममा मृत्यु भएपछि ज्यान गुमाउने सङ्ख्या पाँच पुगेको हो । 

मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत गम्भीर घाइते कुँवरको आइतबार दिउँसो मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो ।

यसअघि ढोरपाटन नगरपालिका २ का नरबहादुर कार्की, भीमकुमारी बुढा, टीकाकुमारी कुँवर र मनकुमारी थापाको मृत्यु भएको थियो । 

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्ड हुँदै सही खोलातर्फ जाँदै गरेको लु. प्र. ०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा दुर्घटना भएको थियो । 

गत असार दुई गते दुर्घटना हुँदा जिप सडकदेखि ६० मिटर तल खसेको थियो । जिपमा १६ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेको जिप ब्रेक फेला हुँदा भयानक दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button