अवैध काठ सहित ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा
बाँके । सशस्त्र प्रहरी नेपाल प्रस्तावित सीमा सुरक्षा गुलमा नरैनापुर र भिजन वन कार्यालय नरैनापुरले नरैनापुर–४ सदाबहार बनबाट अवैध रूपमा सालको काठ ओसार पसार गरिरहेको अवस्थामा एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीका डिएसपी गजेन्द्र बहादुर चन्द र बन अधिकृत पुष्कर विकको नेतृत्वमा नियमित गस्तीमा खटिएको टोलीलाई देखेपछि भे २ त १९४६ नम्बरको ट्याक्टर चालक गाडी छाडेर फरार भएका थिए ।
घटनापछि प्रहरीको समन्वयमा ट्याक्टर र काठ डिभिजन वन कार्यालय नरैनापुरको जिम्मा लगाइएको डिएसपी चन्दले बताउनु भयाे ।
सदाबहार सामुदायिक वन क्षेत्रबाट काठ तस्करी हुँदै गरेको गोप्य सूचना प्राप्त हुन साथ प्रहरीले एक ट्याक्टर गोलिया काठ सहित ट्याक्टर पक्राउ गरिएको डिएसपी चन्दले बताउनुभयाे ।’
पक्राउ गरिएको ट्क्टरका चालक फरार भएकाले खोजी कार्य जारी रहेको र ट्याक्टर धनीलाई नियन्त्रणमा लिई वन ऐन २०४९ अनुसार कानुनी कारबाही गर्ने बन अधिकृत विकले बताउनुभयो
प्रतिक्रिया राख्नुहोस्