तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लाको उनापानी गाउँमा आगलागी, आठ घर जले

हुम्ला । सर्केगाड गाउँपालिका–३ स्थित उनापानी गाउँमा आगलागी हुँदा आठ घर जलेर क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बिर्ख रावत, बाटुली फडेरा, लाल कुवार फडेरा, पाले फडेरा, आशा फडेरा, बिरजन फडेरा र धनबहादुर रावतको घरमा आगलागी भएको हो। आगो निभाउने कार्यमा स्थानीयबासी र सुरक्षाकर्मी सक्रिय छन्।

प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलका अनुसार आगलागीबाट मानवीय वा पशु क्षति भने भएको छैन। पाँच घरका झ्याल र ढोका फोडेर सामान बाहिर निकालिएकाले आंशिक मात्र क्षति भएको उनले बताए।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button