नेपालले सोमबारदेखि स्कटल्यान्ड र नेदरल्यान्ड सम्मिलित टी–२० त्रिकोणात्मक सिरिज खेल्दै
काठमाडौँ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबारदेखि स्कटल्यान्ड र नेदरल्यान्ड सम्मिलित टी–२० त्रिकोणात्मक सिरिज खेल्दै छ।
सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। टी–२० सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा थपिएका छन्।
लिग–२ मा नेपाली टोलीले स्कटल्यान्डलाई पहिलो खेलमा १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा २ रनले नेपाल पराजित भएको थियो। नेदरल्यान्डलाई भने पहिलो खेलमा ५ विकेटले हराएको नेपालले दोस्रो खेलमा १६ रनको जित निकालेको थियो।
उता नेदरल्यान्डलाई पहिलो खेलमा ४४ रनले हराएको घरेलु टोलीले दोस्रो खेलमा भने ४ विकेटले हार व्यहोरेको थियो।
प्रतिक्रिया राख्नुहोस्