रास्वपाद्वारा संसद्मा नाराबाजी
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गर्नुभएको छ । बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गर्नुभएको हो । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाउनुभएको थियो ।
‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको हो ।
प्रतिक्रिया राख्नुहोस्