तपाईँ सुन्दै हुनुहुन्छः

इरानले इजरायलमाथि गरेको आक्रमणमा एक किशोरीको मृत्यु, कयौं घाइते

काठमाडौं।इरानले इजरायल माथि पुनः नयाँ आक्रमण शुरु गरेको छ । इजरायली रक्षा सेनाले इरानका सैन्य निशानाहरुलाई लक्षित गरी आक्रमण जारी राखेकाले दुबै पक्षबाट आक्रमण भइरहेको छ ।

इजरायलको आपतकालीन सेवाका अनुसार पछिल्लो आक्रमणमा २० वर्षीया किशोरीको मृत्यु हुनुका साथै कयौं मानिस घाइते भएका छन् । इजरायलले गरेको पछिल्लो आक्रमणमा इरानको राजधानी तेहरानमा रहेको शाहरान इन्धन डिपोमा क्षति पुगेको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इजरायल आक्रमणबाट पछि नहटेमा अझै घातक प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ ।

इरान र इजरायलबीच दोहोरो भिडन्तका कारण आजका लागि तय भएको अमेरिका र इरान बीचको आणविक वार्ता रद्द भएको मध्यस्थकर्ता मुलुक ओमानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button