तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको फाइनलमा

काठमाडौँ । एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित कभर्डहलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पुलिस ३–० को सोझो सेटमा विजयी भएको हो । अब पुलिसले उपाधिका लागि शनिबार न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र अर्को विभागीय टोली एपिएफ क्लबबीचको विजेतासँग खेल्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button