तपाईँ सुन्दै हुनुहुन्छः

विधायन व्यवस्थापन समिति बैठक:केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफल 

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि आज पनि दफावार छलफल भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा रहेका वैदेशिक रोजगार ऐन र  विद्युत् नियमन ऐनका सम्बन्धमा छलफल भएको हो । 

छलफलमा सांसदहरु कृष्णप्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, डा वेदुराम भुषाल, सुरेश आलेमगर, मदनकुमारी शाह गरिमा, गंगा बेलवासे, डा अन्जान शाक्यलगायतले छिमेकी मुलुक भारतमा काम गर्ने श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन कानूनी व्यवस्था आवश्यक भएको भन्दै ऐनमा समावेश गर्न प्रस्ताव गर्नुभयो । 

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भारतमा श्रम गर्न गएका ठूलो सङ्ख्याका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउने विषयमा सरकारले छलफल गरेर निर्णय लिने बताउनुभयो । 

त्यस्तै विधुत नियमन आयोगको अध्यक्ष खाली रहेको अवस्थामा वरिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी स्वतः जाने गरी व्यवस्था गर्न सांसदहरूबिच सहमति भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button