तपाईँ सुन्दै हुनुहुन्छः

टर्च लाइट चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा । टर्च लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर ओखलढुङ्गाको खिजीदेम्बामा एक महिलाको मृत्यु भएको छ । मङ्गलवार घरमै मल्टिप्लगमा चार्जेवल टर्च चार्ज गर्ने क्रममा करेन्ट लाग्दा खिजीदेम्बा गाउँपालिका–३ तनुवाकी ४६ वर्षिया विष्णुमाया सुनुवारको मृत्यु भएको हो ।

करेन्ट लागेकै समयमा घटनास्थलमै सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । कानुनी प्रक्रिया पुरा गर्ने र घटनाबारे थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

खिजीदेम्बा गाउँपालिकामा १ महिना भित्रै करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ । यसअघि करेन्ट लागेर विद्युत् विस्तारको काम गर्ने एक युवाको मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button