नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती

काठमाडौँ । आइसिसी विश्वकप लिग दुई अन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ ।
स्कटल्याण्ड्सको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९।१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल बनाएको हो ।
नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।
त्यसैगरी, कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । विक्रमजित सिंहलाई ३८ रन बनाए । ज्याक लायनले ३४ बलमा २७ रन बनाएर आउट भए ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
प्रतिक्रिया राख्नुहोस्