तपाईँ सुन्दै हुनुहुन्छः

विधेयक तर्जुमा र नियमावली संशोधन सम्बन्धी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले हुलाक सेवा, गोरखापत्र, रासस र सडक सुरक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । 

जेठ १५ गते र १९ गते बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मूल्य अभिवृद्धि कर २७ औँ संशोधन नियमावली २०८२,  अन्तशुल्क २७ औँ संशोधन नियमावली २०८२ र भन्सार १६ औँ संशोधन नियमावली २०८२ स्वीकृत गर्ने र सोको सूचना राजपत्रमा  प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

मन्त्री परिषद् बैठकले असार चार गतेदेखि छ गतेसम्म बैंककमा आयोजना हुने कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

त्यस्तै असार दुई गतेदेखि ९ गतेसम्म जर्मनीमा आयोजना हुने युनाइटेड नेशन क्लाइमेट चेन्ज कन्फ्रेन्समा भाग लिन जान वन तथा वातारण मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले जानकारी गराउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button