सल्यानमा राप्ती लोकमार्ग राम्री–कपुरकोट खण्ड जेठ २३ देखि असार १ सम्म बन्द हुने
सल्यान । राप्ती लोकमार्ग अन्तर्गत राम्री –कपुरकोट सडक खण्ड बन्द हुने भएको छ । उक्त सडक मर्मत तथा स्तरोन्नतिका लागि जेठ २३ गतेदेखि असार १ गतेसम्म सडक बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय, दाङले सूचना जारी गर्दै राम्री – कपुरकोट खण्ड दिउँसो ११ बजेबाट बेलुकी ५ बजेसम्म बन्द गरिनेछ । यस अवधिमा सडक स्तरोन्नतिको कार्य सञ्चालन गरिने भएकाले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
वैकल्पिक मार्गको रूपमा यातायात सवारी साधनहरूलाई पैयाखोरिया–सातवास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी जनबहादुर खड्काले हस्ताक्षर गरेको सूचनामा सार्वजनिक जानकारीका लागि यो सूचना जारी गरिएको उल्लेख छ ।
सडक मर्मत कार्य सम्पन्न नभएसम्म यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्