तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीको सन्देश : मानवता भन्दा माथि कुनै जात छैन

काठमाडौं । जातीय छुवाछूत उन्मूलन दिवसका अवसरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जातभन्दा मानवता ठूलो हुने विचार व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँनुहुँदै भन्नुभयो, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्।’

ओलीले शिशु हिँड्न थालेपछि मात्र समाजले जात र थर सोध्न थाल्ने उल्लेख गर्नुहुँदै, हामीले जात वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले सबैको रगत एउटै रङको हुने र सबैको आँसु उस्तै वेदनाले बग्ने भन्दै समभाव र समानताको विकासमा जोड दिनुभएको छ।

उहाँले जातीय विभेदविरुद्ध आवाज उठाउँदै सबैलाई शुभकामना दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button