तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभाको शून्य समयमा सांसद जगप्रसाद शर्माले हिजोदेखि यातायात क्षेत्रमा भएको हड्तालले देश अस्तव्यस्त बनेको र सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै तत्काल यातायात व्यवसायीसँग वार्ता गरी सार्वजनिक यातायात सुचारु गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद शर्माले नेपाल छुवाछुतमुक्त राष्ट्र घोषण भएको दुई दशक पूरा भएता पनि जातीय विभेद कायमै रहेकाले जातीय विभेद अन्त्य गर्न छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दिन जेठ २१ गते सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै सांसद तुलसाकुमारी दाहालले  तराई मधेशका बस्तीहरूमा वर्षायाममा  डुबान हुने हुँदा जोखिमपूर्ण बस्तीहरू तत्काल सुरक्षित ठाउँमा सार्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button