वर्तमान राजनीतिक व्यवस्थालाई सुदृढ बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

व्यवस्थापन सङ्घ नेपालको आज यहाँ आयोजित पाँचौँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा उहाँले लोकतन्त्र, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली राजनीतिक उपलब्धि भएका बताउनुभयो । उहाँले यी उपलब्धिको संस्थागत विकासमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले देशको नीति निर्माणको स्थलमा आफू भएको नाताले ऐन, कानुन निर्माण, संविधान संशोधन वा अन्य जटिलता अन्त्य गर्न आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले सबैलाई संविधानको दायराभित्र रहेर गणतान्त्रिक शासन व्यवस्थालाई सबल बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्