काठको आयात रोक्नुपर्नेमा वन मन्त्रीको जोड
नवलपरासी पश्चिम् । लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलाकारले अब काठको आयात रोक्नुपर्नेमा जोड दिनुभयो ।प्रदेश भरी लिलाम बिक्री हुन नसकेर थन्किएर बसेका करोडौँ मूल्यका काठ कुहिने अवस्थामा पुगेको भन्दै मन्त्री कलवारले काठ आयात रोक्नुपर्ने बताउनुभयो ।

बर्दघाट नगरपालिकास्थित दिव्य शान्ति इको पार्कमा निर्माण गरिएको टिकट घर, तारजाली र गेटको उद्घाटन समारोहमा बोल्दै मन्त्री कलवारले नेपाली काठलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कलवारले लुम्बिनी प्रदेश सरकारबाट निर्माण हुने संरचनामा झ्याल तथा ढोका काठकै प्रयोग गराउने अभियान सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले इको पार्क वातावरणमैत्री विकासको राम्रो उदाहरण भएको उल्लेख गर्दै फलाम र सिमेन्टजस्ता अत्यावश्यक सामग्रीबाहेक अन्य संरचना काठबाटै निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा इको पार्क व्यवस्थापन समितिका अध्यक्ष गोपालसिंह राना मगरको अध्यक्षता रहेको थियो।
समारोहमा स्थानीयवासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्