तपाईँ सुन्दै हुनुहुन्छः

जडीबुटी चोरी निकासी रोक्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

काँक्रेविहार (सुर्खेत) ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी रोक्नुपर्नेमा जोड दिनुभएको छ । 

जडीबुटी कागजमा थोरै, ट्रकमा धेरै निर्यात हुने गरेकाले  सरोकारवालाले यो विषयमा गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । 

आज वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासङ्घको कार्यक्रममा उहाँले सबैले जडीबुटीको राजधानी कर्णाली भने पनि खोज्दा नपाइने बताउनुभयो । “जडीबुटीको चोरी, निकासी, पैठारीको विषयमा मभन्दा बढी तपाईँहरू नै जानकार हुनुहुन्छ”, उहाँले भन्नुभयो, “म भर्खर एक वर्षदेखि सरकारमा छु, थोरै थोरै जान्या छु । तपाईँहरू त वर्षौँदेखि सिफारिस गरिरहनुभएको छ ।”

मुख्यमन्त्री कँडेलले वन अधिकारीहरूकै संलग्नतामा जडीबुटीको चोरी, पैठारी र निकासी हुने गरेको जानकारी आएकाले सचेत हुन आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button