अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल : नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौँ । पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग पराजित भएको छ ।
थाइल्यान्डको क्लोज डोरमा आज भएको खेलमा थाइल्यान्डसँग १–० गोलअन्तरले नेपाल पराजित भएको हो ।
पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको दोस्रो हाफमा भने थाइल्यान्डले नेपाललाई एक गोल हानेको हो ।
एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल यही जेठ १९ गते खेल्ने छ ।
प्रतिक्रिया राख्नुहोस्