तपाईँ सुन्दै हुनुहुन्छः

साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरूको सामना गर्न सकिनेछ: कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साझा प्रयासले  मात्र जलवायु परिवर्तन ,खाद्य असुरक्षा र ग्रामीण जीविका जस्ता चुनौतीहरूको सामना गर्न सकिने बताउनुभएको छ।

एशियाली राष्ट्रहरूको खाद्य तथा कृषि सहकार्य (अफासी) को ७ औँ साधरणसभालाई आज काठमाडौँमा सम्बोधन गर्दे मन्त्री अधिकारीले अफासीले एशियाली राष्ट्रहरू वीच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य ,नवीनतम प्रविधि र आपसी ज्ञानको आदानप्रदान गर्न महत्त्वपूर्ण मञ्चको रुपमा काम गरेको उल्लेख गर्दे सदस्य राष्ट्रहरू बिचको  सहकार्य मार्फत कृषि रुपान्तरणका लागि नयाँ अवसरहरू सृजना गर्न सकिनेमा जोड दिनुभयो ।

कृषि अनुसन्धानलाई सुदृढ बनाउन , दिगो खेतीपातीको अभ्यासलाई प्रवद्र्धन गर्न र क्षेत्रीय खाद्य प्रणालीलाई सुधार गर्न अपरिहार्य रहेको र यसका लागि अफासीले मञ्चको रुपमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

साधरणसमभामा अफासीका सदस्य राष्ट्रका प्रतिनीधिहरुको सहभागिता रहेको छ  ।  तीन/तीन वर्षमा आयोजना हुने आगामी साधारण सभा इन्डोनेसियामा आयोजना हुने निर्णय भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक कृष्ण तिमिल्सीनाले जानकारी दिनुभयो ।

आजै काठमाडौँमा आयोजित दोस्रो आलु सम्मेलनलाई सम्बोधन गर्दे कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको कुल ग्राहस्थ उत्पादनमा ६.३५प्रतिशत योगदान रहेको आलु बालीको प्रवद्र्धनका लागि सरकारले प्राथमिकताका साथ काम गरेको बताउनुभएको छ ।

सरकारले आलुको सिकाई केन्द्र स्थापना , बीउ तथा भण्डारणमा कृषकहरूलाई अनुदान , शीतभण्डार लगायतका पूर्वाधार निर्माणका कार्य भइरहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button