तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु 

बर्दिया । बर्दियाको गुलरियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा ५ बालापुर बस्ने ६ वर्षीय बालिका सायरा थारू रहेकी छन् । मृतक बालिका बिहान उठेर घर छेउको शौचालय जाँदै गर्दा चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरि केही पर लगेपछि घरका अभिभावक र छिमेकीले हल्ला गरेर उनलाई छुटाएका थिए । बालिकाको उद्धार गरि तत्काल बर्दिया अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउने बित्तिकै जिल्ला अस्पताल बर्दियाका चिकित्सकको टोलीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी चक्र बहादुर डम्बरपालले बताउनुभयो ।  

सायराको घर बालापुर स्थित जङ्गलको छेउमा रहेको छ । पछिल्लो समयमा बर्दियामा गाउँबस्तीमा छिरेर चितुवाले आक्रमण गर्ने क्रम बढ्दै गएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button