बुटवलमा पूर्वपतिद्वारा पूर्वपत्नी र दुई छोरीको बिभत्स हत्या
रुपन्देही । बुटवलको कालिकानगरस्थित होराइजन चोक नजिकैको मिलिजुली पथमा एक युवकले पूर्वपत्नी र उनका दुई छोरीको बीभत्स हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू- ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकालको हत्या गरेका हुन्।
दीपा बस्यालले सुजनसँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्। मृतक दुई बालिका शंकर र दीपाकी सन्तान हुन्।
प्रहरीका अनुसार, कोइरालाले पूर्वपत्नीलाई भेट्न भनेर घर बोलाएका थिए। बिहानैको समयमा चक्कु र घन प्रयोग गरी ती तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिनुभयो । मृतक दीपा स्वास्थ्यकर्मी थिइन् र पाल्पाको एक स्वास्थ्य संस्थामा कार्यरत थिइन्।
प्रतिक्रिया राख्नुहोस्