तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष माओप्रति माल्यार्पण गरि सम्मान प्रकट

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न क्षेत्रको अवलोकन समारोहमा सहभागी हुनुभएको छ ।

नेपालको उच्चस्तरीय  प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौ दिनको भ्रमणका क्रममा आज पूर्वराष्ट्रपति भण्डारीले माओ त्सेतुङ स्मृति हलमा पुगी अध्यक्ष माओ त्से तुङप्रति माल्यार्पण गदै सम्मान प्रकट गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज दिउसो चालकरहित प्रविधि पार्कको भ्रमण तथा चालकरहित कार प्रविधि विकासको जानकारी लिनु भएको छ भने ग्रेट वल्ड अफ रोर्वटको भ्रमण गरी चीनले रोर्वोट क्षेत्रमा गरेको अत्याधुनिक विकासको अवलोकन गर्नुभयो ।

यस्तै पूर्वराष्ट्रपति भण्डारीले साँझ बेइजिङबाट दुनहाआन शहरमा मरुभूमि शहरको विशेषताबारे जानकारी समेत लिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button