तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमानको दीर्घायुको कामनासहित बाँकेमा भव्य रूपमा मनाइयो वट सावित्री पर्व

बाँके। श्रीमानको दीर्घायु तथा सुख–समृद्धिको कामनासहित बाँके जिल्लासहित तराई–मधेशका विभिन्न ठाउँमा वट सावित्री पर्व श्रद्धा र भव्यताका साथ मनाइएको छ।

बिहानैदेखि मधेशी समुदायका महिलाहरू नववस्त्रमा सजिएर व्रत बसेका थिए। वरको रूखमुनि पूजापाठ, कथा वाचन र प्रसाद अर्पण गर्दै उनीहरूले उपवास गर्दै पतिको दीर्घायुको कामना गरेका थिए। हिन्दू धार्मिक मान्यताअनुसार ब्रह्मा, विष्णु र महेशको बास रहने मानिएको वरको रूखलाई पूजनीय मानिँदै आएको छ।

पौराणिक कथन अनुसार सत्ययुगमा सावित्रीले आफ्नो मृत श्रीमान् सत्यवानलाई यमराजसँग मागेर पुनर्जीवित गराएकी थिइन्। त्यसैको स्मरणमा प्रत्येक वर्ष ज्येष्ठ अमावस्याको दिन वट सावित्री पर्व मनाइन्छ। भविष्य पुराणअनुसार यो पर्व श्रद्धा, नियम र निष्ठाका साथ मनाएमा पतिको दीर्घायु हुने यमराजले वरदान दिएका छन्।

व्रतालु महिलाहरूका अनुसार वट सावित्री पर्वले धार्मिक आस्थासँगै सांस्कृतिक एकता र पारिवारिक समर्पणको भावना समेत जागृत गराउने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button