सूर्योदयमा सार्वजनिक सेवा प्रसारण नेपालको स्थलगत रेडियो बहस तथा छलफल सम्पन्न

इलाम । इलामको सूर्योदय नगरपालिकामा सार्वजनिक सेवा प्रसारण नेपालको स्थलगत रेडियो बहस तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अर्जुन श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राई उपप्रमुख दुर्गा कुमार बराल लगायत विभिन्न वडाका वडा अध्यक्षहरू उद्योगी व्यवसायी शिक्षक महिला युवा लगायत ५० जना बराबरको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख राईले सूर्योदय नगरपालिका कृषि पर्यटन शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा दिगो योजना बनाएर काम गरिरहेको भन्दै कतिपय कार्यहरूको नतिजा देखिन थालेको र कतिपयको देखिने क्रममा रहेको बताउनु भयो ।

नगर प्रमुख राईले सूर्योदय नगरपालिकामा धेरै किसान रहेको चर्चा गर्दै आफ्नो बजेटले भ्याए सम्म र प्रदेश सङ्घको समेत बजेट मार्फत कृषि सडक निमार्ण किसानलाई अनुदानमा मल बिउ मेसिन औजार लगायत वितरण कार्यलाई तीव्रता दिएको बताउनु भयो । उहाँले नगरपालिकामा कृषिमा आधुनिकीकरण कृषिमा व्यवसायीकरण गर्दै रहेको भन्दै सूर्योदय नगरपालिका पर्यटकीय नगरी बन्न पूर्ण रुपमा सक्षम भएको र पर्यटन पूर्वाधारको विकासमा पनि धेरै काम गरेको नगरपालिकाको रुपमा देशभरी परिचित रहेको बताउनु भयो ।
शिक्षामा पनि सूर्योदय नगरपालिकाले निक्कै महत्त्वपूर्ण कार्यहरू छोरीबुहारी निःशुल्क उच्च शिक्षा सामुदायिक विद्यालय सुधारका कार्यक्रमहरू लगायतमा पनि सूर्योदय नगरपालिका देशमै अब्बल पालिकाको रुपमा रहेको नगरप्रमुख राईले बताउनु भयो ।
यस्तै उपप्रमुख दुर्गा कुमार बरालले प्राङगारिक खेती प्रणाली तर्फ सूर्योदय नगरपालिकाले आफ्नो कदम अगाडी बढाएको भन्दै नगरपालिकाले स्प्रे बिसाऊ अभियान चलाएको जानकारी दिनु भयो । उहाँले विषादी न्युनिकरण अभियान गर्न आवश्यक रहेको भन्दै बालीनालीमा लगाइने विषादीलाई सके सम्म कम गर्न आवश्यक कदमहरू नगरपालिकाले चालिरहेको बताउनु भयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका सहभागीहरूले निक्कै महत्त्वपूर्ण कुराहरू उठान गर्नु भएको थियो । सहभागीहरू शिक्षक मात्रिका दहाल उद्योग वाणिज्य संघ सूर्योदय नगर अध्यक्ष प्रमोद राई शिक्षक गणेश प्रसाद आचार्य पत्रकार केदार शर्मा स्थानीय सोनाम योल्मो ध्रुब सुब्बा साधना फागो कमल गदाल मिलन क्षेत्री कमला खड्का जय राई निर्मल गुरुङ टेक राज गिरी लगायतले आफ्ना धारणा राख्नु भएको थियो । उहाँहरूले रेडियो नेपालले निक्कै महत्त्वपूर्ण कार्यक्रम ल्याएकोमा धन्यवाद दिनुभएको थियो ।
एकरूपको मूल्य कायम गर्नु पर्नेमा कृषि रोड अलवेदर रोड र हरेक वडामा कालोपत्रे रोड भए पनि कृषि एम्बुलेन्सको अभाव भएको भन्दै नगरको साझेदारीमा कृषि सामाग्री ढुवानी गर्ने कृषि एम्बुलेन्सको आवश्यक हरकोमा पनि सहभागीले जोड दिएका थिए ।
कृषिमा सूर्योदय नगरपालिकामा धेरै कार्य भएको भए पनि तल्लो बर्गले पूर्ण लाभ लिन नसकेको भन्दै लागत साझेदारीमा कृषकको तर्फबाट बेहोर्ने साझेदारी रकम कम गर्नु पर्नेमा सहभागीहरूले जोड दिएका थिए । अहिले बजारमा आएका प्राङगारिक मल के साँचै मापदण्ड पुगेका प्राङगारिक मलहरू छन् त भन्ने बारेमा पनि नगरले परिक्षण गर्नु पर्ने धारणा राखेका थिए । नगरपालिकाले बेमौसमी खेती चियाको बजारीकरण सही मूल्य नपाएको लगायतका धारणा राखेका थिए नगरमा कृषि बाली भण्डारणको लागि कोल्ड स्टोर निमार्ण लगायत हुनु पर्ने अरू पालिकाको तुलनामा सूर्योदय नगरपालिकामा कृषि शिक्षा पर्यटन लगायतका क्षेत्रमा धेरै कार्य भएका भन्दै नगरपालिकालाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको दोस्रो खण्डमा पर्यटनको विषयमा बहस भएको थियो सूर्योदय नगरपालिकाले नगरका मुख्य पर्यटकीय क्षेत्रका सौन्दर्यीकरण विकासमा राम्रो ध्यान दिएको भन्दै अब यसको प्रचार प्रसार यहाँ होम स्टे होटल लगायतलाई व्यवस्थित गर्ने लगायतका कार्यमा पनि नगर लाग्नु गर्ने सुझाव दिएका थिए । हालै परराष्ट्र मन्त्रीको नेतृत्वमा सूर्योदय नगरपालिकामा विभिन्न देशका राजदूतहरू पनि आएको र यसले नगरको पर्यटन क्षेत्रका राम्रो प्रचार समेत भएको र अब हाम्रा पर्यटन क्षेत्रको विकास यहाँका भौतिक संरचना निमार्ण सौन्दर्यीकरण लगायतमा नगरपालिका लागिरहेको र थप अरू नयाँ नयाँ क्षेत्रको पहिचान समेत गरेर यसको विकासमा लाग्नु पर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
सूर्योदय नगरपालिकामा प्रविधिको हिसाबले नेपालमै पहिलो ग्लास ब्रिज निमार्ण भइरहेको छ भने यहाँ पर्यटकीय क्षेत्रमा जाने सडकहरू अल वेदर र कालोपत्रे गर्ने कार्य पनि जारी छ । चियाको प्रर्बदनको लागि कोशी प्रदेश सँगको साझेदारीमा कन्याममा टि टेस्टीङ सेन्टर निमार्ण हरेक वडामा अल वेदर कालोपत्रे सडक निमार्ण पर्यटन क्षेत्रको विकास दिगो विकासका लागि गुरु योजना निमार्ण चिया बाली बिमाको सुरुवात लगायत शिक्षा कृषि स्वास्थ्य पर्यटन क्षेत्रमा विशेष कार्यक्रमहरू गरेर देशमै अब्बल पालिकाको रुपमा आफूलाई स्थापित गर्दै आएको पालिकाको रुपमा परिचित छ । आज तयार भएको कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण मार्फत प्रसारण हुने कार्यक्रम सहजकर्ता अजुर्न श्रेष्ठले जानकारी दिनु भयो ।



प्रतिक्रिया राख्नुहोस्