तपाईँ सुन्दै हुनुहुन्छः

नाम्खामा हिमपहिरो: ५ हजार ३ शय ५०मिटर उचाइमा तीनवटा हिमताल रहेको निष्कर्ष

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका -६ तिल गाउँको बाढी पहिरोका कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलिले नाम्खामा तीनवटा हिमताल रहेको निष्कर्ष निकालेको छ । 

जेठ १ गते आएको बाढी पहिरोको कारण पत्ता लगाउनको लागि खानी तथा भू-गर्भ विभागका सिनियर डिभिजनल जिओेलोजिस्ट शिवकुमार बास्कोटाको तिन सदस्यीय टोलीले ५ हजार ३ शय ५०मिटर उचाइमा तीनवटा हिमताल भेटिएको निष्कर्ष निकालेको छ ।

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भू-गर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहार्द जोशी रहेका छन् ।

पहिरो आए लगत्तै त्यहाँका स्थानीय हिमताल फुटेको ठाउँमा जाँदा दुई वटा हिमताल फटेको बताएका थिए तर आइतबार बिहान उक्त स्थानमा गएको टोलीले दुई वटा हिमताल नभई तीनवटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले बताउनु भयो । 

जेठ १ गते राति एक्कासी बाढी आउँदा नाम्खा गाउँपालिका ६ तिल गाउँमा ठूलो क्षति पुगेको थियो । बाढी पहिरोले  १८ घरपरिवार विस्थापित भएका थिए । हिमालमा रहेका दुईवटा हिम पोखरीबाट बगेको पानीले बाढीको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button