तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख मियाँलाई मुस्लिम आयोगको प्रतिवेदन

सुर्खेत । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले कर्णाली प्रदेशका कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउनु भएको छ । 

आयोगका अध्यक्ष अलीले प्रदेश प्रमुख मियाँसँग भेटघाट गर्दै आयोगको वार्षिक प्रतिवेदन बुझाउनु भएको हो । भेटघाटका क्रममा प्रदेश प्रमुख मियाँ र आयोगका कार्यवाहक अध्यक्ष अलीबीच आयोगको गतिविधि तथा मुस्लिम समुदायका आर्थिक, सामाजिक, शैक्षिकलगायतका विषयमा समेत छलफल भएको थियो । 

प्रदेश प्रमुख मियाँसँगको भेटमा आयोगका अध्यक्ष अलीले कर्णालीका मुस्लिम समुदायको अवस्था दयनीय रहेको र त्यसको सुधारका लागि आयोगले प्रयास गरिरहेको बताउनु भयो । उहाँले मुस्लिम समुदायको विषयमा अध्ययन अनुसन्धान न्यून रुपमा भएकाले आयोगले त्यसमा जोड दिएको जनाउनु भयो । 

वार्षिक प्रतिवेदन बुझ्दै  प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायको समस्या मुस्लिम समुदायले मात्रै उठाएर समाधान हुन नसक्ने भन्दै सबै वर्ग, समुदाय, जातजातिले एक–अर्काको समस्या उठाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button