गणतन्त्र दिवसका अवसरमा राससमा फोटो प्रदर्शनको सुरुवात
काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले देशैभरका आफ्ना फोटो पत्रकारले खिचेका तस्बिरहरूको प्रदर्शन आरम्भ गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संयुक्त रुपमा रासस परिसरमा आज प्रदर्शनीको उद्घाटन गर्नुभयो । ‘पर्वतीय पर्यटन: हाम्रो शान हाम्रो पहिचान’ शीर्षकमा आयोजित प्रदर्शनीमा मुलुकको प्रमुख पर्यटकीय स्थलका ९६ वटा तस्बिरहरू समावेश छन् ।

प्रदर्शनीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सहासिक पर्यटनका लागि महत्वपूर्ण रहेकाले विश्वभरका पर्यटकलाई आकर्षित गर्न सरकारले पर्यटन क्षेत्रको विकासमा थप लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री गुरुङले मुलुकको समृद्धिका लागि महत्वपूर्ण मानिने पर्यटन क्षेत्रले युवाहरूका लागि रोजगारी नयाँ अवसर सिर्जना गर्ने हुँदा पर्यटन क्षेत्रको विकासलाई न्यायसंगत रुपमा अघि बढाउने प्रयास सरकारले गर्दै आएको बताउनुभयो
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भौगोलिक विविधतायुक्त नेपाली भूमिमा अद्वितीय स्थानहरू छन् भनेर संसारलाई चिनाउन सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
मन्त्री पाण्डेले देशको अर्थतन्त्रलाई टेवा दिने पर्यटन क्षेत्रको विकासमा विभिन्न मन्त्रालयहरुबीच समन्वय आवश्यक भएकाले स्थानीय तहसँगसमेत सहकार्य गरेर र्पटकीय स्थलहरूको पहिचान, प्रचार र प्रवद्र्धन गर्न सरकारले विशेष योजनासहित काम अघि बढाएको बताउनुभयो ।
यस अवसरमा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले सरकारले हालै सम्पन्न गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई जोडेर रासस समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमाल, पर्वत तथा पर्यटकीय स्थलसम्बन्धी तस्बिर प्रदर्शनीमा समावेश गरिएको जानकारी दिनुभयो । ।
प्रतिक्रिया राख्नुहोस्