तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पामा यार्सा सङ्कलन गर्ने दुई समूहबीच झडप

डोल्पा । यार्सागुम्बा सङ्कलनका लागि हिमाली जिल्ला डोल्पा पुगेका दुई समूहबीच झडप भएको छ।

शनिबार दिउँसो ठूलीभेरी नगरपालिका–१ को टाँगे लेक(दह देउराली)मा यार्सागुम्बा सङ्कलन गर्न गएका  दुई समूहबीच झडप भएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनिश थापाका अनुसार डोल्पाको ठुली भेरी नगरपालिका–१ थालाका र काइके गाउँपालिका–२ माथिल्लो शहरताराका स्थानीयहरूबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई झडप भएको हो।  

यार्सा सङ्कलनको लागि डोल्पा पुगेका पूर्वी रुकुमको मैकोट गाउँका स्थानीय पनि झगडामा सामेल भएको बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button