सडक भासिएपछि गएराती देखि दाउन्नेमा दुईतर्फी राजमार्ग अवरुद्ध
नवलपरासी पश्चिम्।दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि गएराती ११ बजे देखि नै सवारी साधन आऊ जाऊ गर्न नसक्दा यात्रुहरू अलपत्र परेका छन् ।
खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवै तर्फ अवरुद्ध रहेको छ ।अहिले दुई पाङ्ग्रे सवारीसाधन मात्रै केही मात्रामा आउजाउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका इन्स्पेक्टर नारायण थापाले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
सडक अवरुद्ध बनेका कारण एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन पनि रोकिदा थप कठिनाइ भएको छ। त्यहाँ सडक निर्माण गर्न बनाइएको डाइभर्सन समेत बगाएको छ । करिब तीन घण्टा पछि साना हलुका सवारी साधनहरू चल्ने प्रहरीले जनाएको छ ।सामान्य वर्षा हुँदा यो खण्ड अवरुद्ध हुमे गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्