तपाईँ सुन्दै हुनुहुन्छः

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जना विरुद्ध २३ लाख २२ हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सोरु गाउँपालिका वडा नं. १० स्थित शहिदगेट देखि कोटसम्म सडक निर्माणमा बढी काम गरेको भनि प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको आरोपमा ११ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाका इन्जिनियर प्रकाश आचार्य, अस्सिटेन्ट सब–इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु दत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल सार्कीविरुद्ध बिगो रकम २३ लाख २२ हजार रुपियाँ कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button