तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारका विषयमा अनुसन्धान गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तरर्गतको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकमा सभापति ऋषिकेश पोखरेलले समिति सदस्य राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदन थप अनुसन्धानका लागि अख्तियारमा पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकमा समिति सदस्यहरुले २ अर्ब २२ करोडभन्दा बढी कर छुट दिइएको देखिएकाले कर छुट दिनेमा संलग्नलाई कारबाही गर्नुपर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भनिए पनि अन्तर्राष्ट्रिय स्तरको उडानका लागि विमानस्थल निर्माण नगरी भ्रष्टाचार गरेको भन्दै संलग्न जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने पर्ने धारणा राख्नुभयो ।

उपसमितिले विमानस्थल निर्माणका क्रममा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहरसहित प्रतिवेदन तयार पारेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button